राष्ट्रिय लिगको उद्धाटन खेलमा फ्रेन्ड्स विजयी

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले विजयी शुरूवात गरेको छ । बुधबार राति भएको उद्धाटन खेलमा कान्क्रेबिहार क्लबलाई ३-१ गोलले हराउँदै फ्रेन्ड्सले उत्कृष्ट शुरूवात गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्सलाई जित दिलौं प्रशान्त लक्षम, प्रवेश बस्नेत र आशिष चापागाईंले समान एक/एक गोल गरे । कान्क्रेबिहारले एक गोल उपहार पाएको हो ।  खेलको छैटौँ मिनेटमा कमल श्रेष्ठले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि कान्क्रेबिहारले शुरूवाती अग्रता लिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा प्रशान्तले गोल गर्दै फ्रेन्ड्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । ५९ औँ मिनेटमा प्रवेशले गोल गर्दै फ्रेन्ड्सलाई २-१ गोलको अग्रता दिलाए । यस्तै निर्धारित समयको अन्तिम मिनेटमा आशिषले गोल गर्दै फ्रेन्ड्सलाई ३-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै फ्रेन्ड्सले तीन अंक जोडेको छ । आजै भएको अर्को खेलमा श्री भगवती टोखा र चर्च ब्वाइज युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *