बुद्ध एयरको जहाजमा यात्रुले आपतकालीन ढोका खोल्दा उडान ढिला

काठमाडौँ । आज भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. ८५२ मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपतकालीन ढोका खोलेका कारण उडान ढिलो भएको बुद्ध एयरले जनाएको छ ।

उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ । हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको बुद्ध एयरले जनाएको छ ।

पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्नेछ । नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध हो। यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको बुद्ध एयरले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *