एन्फा राष्ट्रिय लिग आजबाट शुरू हुँदै

काठमाडौं । एन्फा राष्ट्रिय लिग आजबाट शुरू हुँदैछ । आज हुने उद्धाटन खेलमा काक्रे बिहार युथ क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल बिहान ११ बजे शुरू हुनेछ ।

आजै हुने दोस्रो खेलमा श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेड प्रतिस्पर्धा गर्नेछन् । एन्फा कम्प्लेक्समै हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ ।

राष्ट्रिय लिग फुटबलमा ए डिभिजनका १३ टोलीसँगै एन्फा प्रेसिडेन्ट लिगबाट आएका चार टोली गरी १७ टोलीको सहभागिता रहनेछ । सिंगल राउण्ड रोबिन आधारमा हुने प्रतियोगितामा कुल १ सय ३६ खेल हुनेछ । लिगका खेलहरु दशरथ स्टेडियम, च्यासल स्टेडियम र एन्फा कम्प्लेक्समा हुनेछ ।

लिगमा तीन विभागीय टोली एपीएफ एफसी, त्रिभुवन आर्मी फूटबल क्लब र नेपाल पुलिस क्लबसँगै काक्रे बिहार युथ क्लब, सातदोबाटो युथ क्लब, लालीगुराँस एसोसिएसन, मछिन्द्र फूटबल क्लब, चित्लाङ फूटबल क्लब, प्लानिङ ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, नव जन जागृति क्लब, न्युरोड टिम, जावलाखेल युथ क्लब, संकटा फूटबल क्लब, चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लब भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *