विश्वकप अगाडि नेपालले भारत र श्रीलंका भ्रमण गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप अगाडि भारत र श्रीलंका भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले मंगलबार भारत र श्रीलंका भ्रमणको तालिका सार्वजनिक गरेको हो ।

नेपालले भारत र श्रीलंकामा स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ । विश्वकपको पहिलो फेजको तयारीको रूपमा नेपालले श्रीलंकाको भ्रमण गर्नेछ । जनवरी २० मा एसएलएलडीसी, जनवरी २२ र २४ मा कोल्ट्ससँग अभ्यास खेल खेल्नेछ ।

त्यसपछि नेपालले भारत भ्रमण गर्नेछ । भारतमा नेपालले जनवरी २९ र जनवरी ३१ मा एमसीए प्रेसिडेन्ट ११ अभ्यास खेल खेल्नेछ । पहिलो खेल दिनमा हुनेछ भने दोस्रो खेल दिन र रातमा हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *