काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि बुधबार मतदान हुने भएको छ । विशेष महाधिवेशन निर्वाचन समितिले साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको जानकारी दिएको छ ।
उम्मेदवारी मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधबारका लागि सारिएको हो । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार मनोनयन दर्ता भइसकेपछि बाँकी तालिका भोलिबाट कार्यान्वयनमा आउनेछ । यसअघि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो । पछि मनोनयनपत्र बेलुका ५ बजेपश्चात् दर्ता गरिने भनिएको थियो ।
त्यसपछि पनि साँझ साढे ६ बजेका लागि सारिएको थियो । त्यस्तै राति ९ बजे मतदानको समय तोकिएको थियो । यसैबीच संस्थापन र विशेष महाधिवेशन पक्षमा विवाद समाधानका वार्तामा पनि छन् ।
