अल नासरको लगातार तेस्रो हार

एजेन्सी । साउदी प्रो लिगमा अल नासरले लगातार तेस्रो हार बेहोरेको छ । सोमबार राति भएको खेलमा अल हिलालसँग ३-१ गोलले पराजित हुँदै १० खेलाडीमा समेटिएको अल नासरले खराब लयलाई निरन्तरता दिएको हो ।

किङडम एरिनामा भएको खेलमा सलिम अल- डाव्सारी, मोहमद कानो र रुबिन नेभेसले समान एक/एक गोल गरे । अल नासरको लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा अल नासर पराजित हुन पुगेको हो । खेलको ४२ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।

५७ औँ मिनेटमा सलिम अल- डाव्सरीले गोल गर्दै अल हिलाललाई १-१ गोलको बराबरीमा ल्याए ।  ६० औं मिनेटमा नावाफ अल्किदील रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि अल नासर १० खेलाडीमा समेटिएको थियो । ८१ औं मिनेटमा कान्नोले गोल गर्दै अल हिलाललाई २-१ गोलको अग्रता दिलाए ।

यस्तै इन्जुरी समयको दोस्रो मिनेटमा नेभेसले गोल गर्दै अल हिलाललाई ३-१ गोलको जित दिलाएका हुन् । जितसँगै अल हिलाल १४ खेलबाट ३८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ३१ अंक जोडेको अल नासर दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *