रियल म्याड्रिडका मुख्य प्रशिक्षक जाबी अलन्सो बर्खास्त, नयाँ प्रशिक्षकमा अर्बेलोआ नियुक्त

एजेन्सी । रियल म्याड्रिडका मुख्य प्रशिक्षक जाबी अलन्सो बर्खास्त भएका छन् । सोमबार राति म्याड्रिडले विज्ञप्ति जारी गर्दै आपसी समझादारीमा अलन्सोले क्लब छोडेको जानकारी दिएको हो ।

आइतबार राति सुपर कोपा डी इस्पाना अन्तर्गत भएको फाइनल खेलमा रियल म्याड्रिड बार्सिलोनासँग ३-२ गोलले पराजित भएपछि उनको बर्खास्तीको चर्चा चलेको थियो ।

अलन्सोको बर्खास्तपछि क्लबले अल्भारो अर्बेलोआलाई क्लबको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । अल्भारो जुन २०२५ देखि क्यासिलाको मुख्य प्रशिक्षक रहँदै आएका थिए । उनले सन् २०२० देखि रियल म्याड्रिडको युथ एकेडेमीमा प्रशिक्षण दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *