विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जित्दै आएको बताउनुभएको छ ।

नेपाल जर्मन चेम्बर अफ कमर्सको ३० औँ र ३१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नेपाल र जर्मनको व्यवसाय साझेदारीमा निरन्तरता दिँदै ‘पिपुल टु पिपुल कनेक्सन’मा जोड दिनुपर्ने बताए । कार्यक्रममा नेपालका लागि जर्मनका राजदूत उडो युजेन भोल्जले नेपाल र जर्मनबीचको व्यवसायमा सहकार्य गर्न उत्साहित रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआइ)का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले खुलेर स्वस्थ व्यवसाय गर्ने वातावरणको आवश्यकता औँल्याए । कमर्सका अध्यक्ष सन्तोष कुँवरले नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन आवश्यक रहेकामा जोड दिए । “हामीलाई युरिया मल न्यूनतम पनि सात लाख मेट्रिक टन चाहिन्छ । तर, हामीले तीन लाख मेट्रिक टन पनि ल्याउन सकेका छैनौँ”, उनले भने, “अहिले जर्मनबाट डिटेल प्रोजेक्ट रिपोर्ट बनाई नेपालमा मल कारखाना सञ्चालन गर्ने भनेर लगानी बोर्डमा जुन प्रस्तावना पेस भएको छ, यसलाई सबैले मिलेर लागू गराउनुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *