गोपालमान श्रेष्ठले छाडे देउवाको साथ

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने पूर्वउपसभापति गोपालमान श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।

देउवा निकटका ‘सात भाइ’ मध्येका एक श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा खुलेका हुन् । शनिबार महामन्त्री गगन थापासँगको छलफलपछि श्रेष्ठले देउवाको साथ छाडेका हुन् । उनले अब आफू विशेष महाधिवेशनको पक्षमा खुेलर लाग्ने बताए ।

उनले सभापति देउवा तानाशाह बनेर मनपरी गरेको आरोप लगाए । गोपालमानबाहेक अन्य नेता भने अहिले पनि विशेष महाधिवेशनको विपक्षमा छन् । कांग्रेसको विशेष महाधिवेशन आइतबार उद्घाटन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *