काठमाडौं । थाइल्याण्डमा हुने साफ फूटसल च्याम्पियनसिप-२०२६ खेल्न जाने पुरुष र महिला नेपाली टोलीलाई बिदाई गरिएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै दुवै टोलीलाई बिदाई गरेको हो । 
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले दुवै पुरुष र महिला टोलीलाई बिदाइ गरेका हुन् । नेपाली टोली आज राति थाइल्याण्ड प्रस्थान गर्नेछ । प्रतियोगिता जनवरी १३ देखि २६ सम्म थाइल्याण्डमा हुने तालिका रहेको छ । महिलातर्फ नेपालले १३ जनवरीमा श्रीलंकाविरुद्ध खेल्दै प्रतियोगिताको शुरूवात गर्नेछ भने पुरुषतर्फ नेपालले पहिलो खेल १६ जनवरीमा श्रीलंकासँगै खेल्नेछ ।
पुरुष टोली : अमित लामा, अशोक दर्लामी, विजय श्रेष्ठ, विक्रान्त नर्सिङ राना, विशाल सारु मगर, दिपेश श्रेष्ठ(गोलकिपर), जेनिश प्रजापती, लाक्पा तामाङ, पदन तामाङ(गोलकिपर), पेम्बा दोर्जे लामा, सान्जे स्याङटाङ, सरोज तामाङ, सुबित लामा, सुरज गुरुङ
महिला टोली:- अनिता केसी, अन्जली मचामसी, बिमला चौधरी, बिमला थापा, दीपा राई, जेनिफर राना, झरना डुम्राकोटी(गोलकिपर), मनिषा थापा मगर, प्रतीक्षा ठकुरी, रोशनी बोहोरा क्षेत्री, सावित्री किशान(गोलकिपर), सजिना कोइराला, सुनकला राई, सुष्मा तामाङ
