काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँमा शुक्रबार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना खोलेपछि आवेदन दिने युवााहरुको भिड लाग्न थालेको छ । निर्वाचन सुरक्षामा खटिनेगरी निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन माग गरिएको थियो ।
तस्बिर : हरिराम भेटुवाल/रासस


