यस्तो छ मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको पछिल्लो पाँच महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

बैंकले शुक्रबार वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो । बैंकका अनुसार सरकारको वैदेशिक मुद्रा सञ्चिति ३२ खर्ब माथि पुगेको छ । मंसिर मसान्तसम्म ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ बराबरको डलर सञ्चिति रहेको बैंकले जनाएको छ ।

गत असार मसान्तसम्म यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेकोमा मंसिरसम्म आइपुग्दा सञ्चिति १९.६ प्रतिशतले वृद्धि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *