तोलामा २१ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको २१ सयले बढेर २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुन तोलाको २ लाख ६५ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ४७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *