गोरखा । २१ वर्षीया श्रीमती अनुष्का परियारको हत्या गरेको आरोपमा गोराखको पालुङटार नगरपालिका–३ बोगटीगाउँका शंकर सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
शंकरले कुटपिट गर्दा अनुष्का गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कुटपिटबाट घाइते भएकी अनुष्काको आँपपिपल अस्पताल हर्मीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
