वीरगन्जमा कर्फ्युको अवधि साँझ ६ बजेसम्म लम्ब्याइयो

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यु आदेश पुनः थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको भन्दै कर्फ्यु अवधि बढाएको छ । मंगलबार दिउँसो सूचना जारी गर्दै प्रशासनले आज साँझ ६ बजेसम्म कर्फ्यु रहने जानकारी गराएको छ ।

आज दिउँसो १ बजेसम्मका लागि लागु गरिएको कर्फ्यु अवधि बेलुका ६ बजेसम्म निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । यसअघि सोमबार साँझ वीरगन्ज महानगर क्षेत्रमा मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *