काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक उम्मेदवारमा सिफारिस डा. त्रिशाला गुरुङ उम्मेदवारबाट पछि हटेकी छन् ।
गुरुङले सामाजिक संजालमार्फत समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस गरिनु आफ्ना लागि ठूलो सम्मान र जिम्मेवारीको विषय भएको भन्दै गहन आत्ममूल्यांकन पश्चात उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराएकी छन् ।
उनले यस निर्णयको मूल कारण आफ्नो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने दृढ संकल्प रहेको बताएकी छन् ।
