बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन। बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्रो उच्च वार्षिक सङ्ख्या हो ।

यो सङ्ख्या सन् २०२४ को तुलनामा १३ प्रतिशत बढी हो, तर सन् २०२२ मा रेकर्ड गरिएको करिब ४६ हजारको उच्चतम स्तरभन्दा ९ प्रतिशत कम हो ।

सन् २०२५ मा च्यानल पार गर्ने प्रयास गर्दा कम्तीमा १७ जनाले आफ्नो जीवन गुमाएका छन् । फ्रान्स र बेलायतका अधिकारीहरूको जानकारी अनुसार बेलायती सञ्चारमाध्यमहरूले उक्त रिपोर्ट गरेका छन् ।

यसैबीच, बेलायतको गृह मन्त्रालयले नोभेम्बरमा देशको शरणार्थी प्रणालीमा व्यापक सुधार गरेको घोषणा गरेको थियो । नयाँ नियमअनुसार शरणार्थीलाई स्थायी बसोबासको लागि आवेदन दिन २० वर्ष कुर्नु पर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *