प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ ।  प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्‌डामा आयोजित कार्यक्रमका बीच शुक्रबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका १ जना महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका ५ जना प्रमुख सेनानीहरूलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतलगायत पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *