विशेष महाधिवशेन पक्षधरले भन्यो-कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी छैन, नेतृत्वले बुझोस्

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको हो ।

पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य विकल्प नरहेको बताए । उनले यो हाम्रो वैधानिक अधिकार हो भएको बताए ।

विशेष महाधिवेशन पक्षधरले भनेको छ, ‘अब स्पष्ट छ— नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन। विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो । यो कसैको छनोटको विषय होइन, रहेन। नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको वाध्यकारी व्यबस्था नमान्ने हो भने संविधान, विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ ? अतः पार्टी विधानभन्दा माथि कोही पनि हुन सक्दैन । विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु पार्टी नेतृत्वको न्यूनतम जिम्मेवारी हो ।’

उनीहरुले विशेष महाधिवेशन मागकर्ताहरूको निवेदनअनुसार पुुस २७–२८ मा विधानको धारा १७(२) बमोजिम केन्द्रले विशेष महाधिवेशन गर्न पुनः जोडदार माग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *