चौध करोडमा अस्पताल भवन निर्माण

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा  १४ करोड १० लाखको लागतमा १५ श्ययाको नगर अस्पताल भवन निर्माण भएको छ।

दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल भवन निर्माण गरिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए।

भवन निर्माणसँगै विशेषज्ञसहितको सेवालाई प्रवाह गरिने उनको भनाइ छ। अस्पतालमा हप्ताको ६ दिन विशेषज्ञ सेवा उपलब्ध हुनेछ।

हाडजोर्नी, नाककान, घाँटी, छाला, पेट, छाती तथा मुटुरोग, स्त्रीरोग, मानसिक रोगलगायत विशेषज्ञ सेवा, आँखा र दन्त उपचार हुँदै आएको छ। अस्पतालले अहोरात्र सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *