पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाएको हो ।

त्यस्तै हवाई इन्धनमा आन्तरिक तर्फ प्रतिलिटर ६ रुपैयाँले घटाएको निगमले जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय इन्धनमा प्रति किलो लिटर ४२ डलरले घटाएको छ ।

मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १५९ पुगेको छ भने डिजेल तथा मट्टीतेल प्रति लिटर १३७ रुपैयाँ भएको निगमले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *