निजी सम्पत्तिमाथिका आक्रमणले लगानीकर्ताको मनोबल कमजोर बन्योः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जेनजी आन्दोलनमा भएको घुसपैठ, तोडफोड र निजी सम्पत्ति माथिका आक्रमणले लगानीकर्ताको मनोबल कमजोर बनेको बताएका छन् ।

महासंघले बुधबार आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रको सुरक्षा, सम्मान र काम गर्ने वातावरणबारे गम्भीर प्रश्न उठेको बताएका हुन् ।

उनले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न दोषीमाथि कारबाही आवश्यक रहेको बताए । उनले भने, ‘निजी क्षेत्र सुरक्षित र सम्मानित भई काम गर्न सकेन भने विकासको अभियान सफल हुँदैन । त्यसैले दोषीमाथि कारबाही होस्।’

अध्यक्ष ढकालले सरकारले सीमित मात्र रोजगारी सिर्जना गर्ने र बाँकी अधिकांश रोजगारी निजी क्षेत्रबाटै आउने बताए । उनले युवा पलायनको मूल कारण पनि यही असुरक्षित र झन्झटिलो वातावरण भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *