काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन त्यसतर्फ गएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार उनी गएराति बंगलादेशको राजधानी ढाका प्रस्थान गरेका हुन्। मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी पनि सहभागी छन्।
उनी पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ। बंगलादेशकी पहिलो प्रधानमन्त्रीसमेत रहेकी खालिदा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष थिइन्। उनको ८० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो।
