एमाले नेता घिमिरेद्वारा पार्टी परित्यागको घोषणा

बुटवल । नेकपा एमालेका नेता एवम् रूपन्देही–५ बाट प्रतिनिधिसभाका निवर्तमान सांसद बासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन् । मंगलबार राति सामाजिक सञ्जालमार्फत आबद्ध पार्टीको जिम्मेवारीमा नरहेको घोषणा गरेका हुन् ।

उनले पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको भन्दै आजको दिन देखि आफू संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘अहिले आमजनताको चाहना सुशासन, विकास, समृद्धिका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि रहेको छ । देशको आवश्यकता, ईतिहासको गति, आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देशप्रतिको अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य शर्त हो । पुराना दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *