काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रका अप्रिय विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका छन् ।
राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा शुभकामना सन्देश दिँदै कोइरालाले कांग्रेस भित्रको एकता र मेलमिलाप राष्ट्रिय एकता र मेलमिलापको प्रथम खुडकिलो मात्र नभई राष्ट्रको आवश्यक तत्व हो भनी हामी सवैले मनन गर्न जरुरी रहको बताएका हुन् ।
उनले भनेका छन्, ‘वर्तमान राजनीतिक परिस्थितिमा हामीलाई जनताले विश्वास र भरोसा गरे मात्र हाम्रो सान्दर्भिकता देशमा रहने हो, यो गम्भीर तथ्यमा चुक्यौँ भने हामी भूमिकाविहीन हुने खतरा रहन्छ । राजनीतिक परिदृष्यमा उदाएका नयाँ चुनौतीहरुको सामना गर्न हामीसँग सम्पूर्ण एकताको विकल्प छैन ।’

