महाँकाल ओरालोमा निर्मित सार्वजनिक ढुङ्गेधाराको उद्घाटन

काठमाडौँ । काठमाडौं महालनगरपालिका वडा नम्बर ६ महाँकाल ओरालो शान्तिनगर चोकमा शुद्ध पिउने पानीको लागि सार्वजनिक ढुङ्गेधारा तथा पानी भण्डारण टयाङ्की निर्माण गरी उद्घाटन गरिएको छ ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्माण गरिएको कलात्मक ढुङ्गेधारा तथा पानी भण्डारण टयाङ्कीको बौद्ध परम्परा र बैदिक परम्परा अनुसार मंगलबार एक कार्यक्रमकाबीच समितिका अध्यक्ष राजकुमार लामाले उद्घाटन गरेका हुन् ।

पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको संरक्षणमा श्री बौद्धनाथ क्षेत्र विकास समितिले सकृयता दिँदै आएको समितिका अध्यक्ष राजकुमार लामाले बताए ।

उनले वडा नम्बर ६ मा मात्र नभएर क्षेत्र नम्बर ३ भरिका पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको संरक्षणमा क्षेत्र विकास समितिले सहयोग गर्दै आएको पनि बताए ।

सरंक्षणको अभावमा नामेट हुँदै जान थालेका ऐतिहासिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको उनको भनाई थियो ।

शुद्ध पिउने पानीका लागि ढुङ्गेधारा तथा पानी भण्डारण टयाङ्की निर्माण पश्चात शुद्ध पिउने पानीको समस्याबाट राहत मिलेको स्थानीयको भनाई छ ।

कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहन तामाङ, समितिका पदाधिकारी पशुपतिनाथ श्याम खतिवडा, सुरज लामा, रग्वा शेर्पा, शान्तिनगर उपभोक्ता समितिका अध्यक्ष बुद्धि गम्भीर थापा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *