यी हुन् समानुपातिकतर्फको बन्दसूची बुझाउने राजनीतिक दल(सूचीसहित)

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरिएको थियो ।

सोमबार राति अबेर र मंगलबार बिहानसम्म गरेर कुल ६४ राजनीतिक दलले बन्द सूची बुझाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको हो । आयोगले १० वटा दलले ४ वटा एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका जानकारी दिएको छ ।

प्राप्त बन्द सूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिकाअनुसार काम हुनेछ । आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि सच्याउनुपर्ने वा अपुग कागजात भएमा पुस २१ देखि २७ गतेसम्म मिलाउन दललाई समय दिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *