पोखरा । पर्यटकीय राजधानी पोखरामा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान पोखराको आयोजनामा २७ औँ संस्करणको सडक महोत्सव आइतबारदेखि सुरु भएको छ ।
‘सडककै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ शुभारम्भ भएको महोत्सव अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजना गर्ने गरिएको छ । महोत्सव पौष १७ गतेसम्म लेकसाइडको ३ किलोमिटर सडक क्षेत्रमा जारी रहनेछ ।










