निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशित, १ करोड ८९ मतदाता, २३ हजार मतदान केन्द्र

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो ।

प्रकाशित अन्तिम मतदाता नामालीमा ९६,६३,३५८ पुरुष, ९२,४०,१३१ महिला र २०० अन्य गरी जम्मा १,८९,०३,६८९ मतदाता रहेका छन् । अन्तिम मतदाता नामावली आयोगको वेवसाइटबाट हेर्न सकिनेछ ।

वि. सं. २०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पुरुष ९१,४०,८०६, महिला ८८, ४७,५७९ र अन्य १८५ गरी कुल मतदाताको संख्या १,७९, ८८, ५७० रहेको थियो । वि. सं. २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको संख्या ९, १५, ११९ ले वृद्धि भएको छ भने पुरुष मतादाताको संख्या ५,२२,५५२, महिला मतदाताको संख्या ३,९२,५५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको आयोगका सहसचिव एवंम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् ।

यसैगरी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि देशभर १०,९६७ मतदान स्थलमा २३,११२ मतदान केन्द्र निर्धारण गरिएको छ । यो निर्वाचनमा वि. सं. २०७९ को कुल मतदान स्थलको संख्या भन्दा ७५ वटा बढी निर्धारण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *