प्रधानमन्त्री र प्रमुख तीन दलका शीर्ष नेता बालुवाटारमा छलफलमा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटरमा छलफल शुरु भएको छ ।

प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचनको वातावरण बनाउने क्रममा शिर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा प्रधानमन्त्री कार्कीसँग कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसँग छलफल गरेका थिए ।

निर्वाचनको वातावरण बनाउन सरकारका प्रवक्ता खरेलले शुक्रबार देउवा, ओली र दाहालसँग उनीहरुकै निवासमा पुगेर छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *