आवश्यक कागजात पूरा गरेर मात्रै समानुपातिकतर्फका उम्मदेवारको बन्दसूची बुझाउन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले आवश्यक कागजात पूरा गरेर मात्रै समानुपातिकतर्फका उम्मदेवारको बन्दसूची बुझाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ । आयोगले शनिबार विज्ञप्ति जारी गरी रीतपूर्वक बन्दसूची पेश गर्न दलहरुलाई आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोके बमोजिमको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पुर्याएर मात्र उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन कार्यक्रममा निर्धारित समयभित्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेश गर्नहुन अनुरोध गरिन्छ ।’

आयोगले पुस १३ र १४ गते बन्दसूची पेश गर्ने कार्यतालिका तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *