बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने तत्कालीन असईविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका तत्कालीन  प्रहरी सहायक निरीक्षक(असई)ले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौंमा दरबन्दी भइ कलंकीमा रहेका सेवानिवृत्त प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेर भ्रष्टाचार गरेको आरोपमा आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भट्टले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेरै प्रहरी जवानबाट सेवा प्रवेश गरी असईमा अवकास भएर पेन्सन सुविधासमेत लिइरहेको खुल्न आएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *