काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर सञ्चारमन्त्री खरेलले ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
यसअघि मन्त्री खरेलले आजै बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट गरेका थिए ।
त्यस्तै मन्त्री खरेलले आजै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्दैछन् । निर्वाचनको मिति नजिकिँदै गएपनि दलहरूले चुनावी वातावरण नभएको गुनासो गरेपछि सरकारले छलफल अगाडि बढाएर निरन्तर संवाद गरिरहेको छ ।
