कांग्रेस सभापति देउवासँग संचारमन्त्रीको भेट

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

मन्त्री खरेलले शुक्रबार बिहान महाराजगन्जस्थित निवास पुगेर देउवासँग भेट गरेका हुन् । चुनावको वातावरण बनाउनेबारे उनीहरुबीच छलफल भइरहेको मन्त्री खरेलका प्रेस संयोजक सीबी अधिकारीले जानकारी दिए ।

मन्त्री खरेलले आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाललाई पनि भेट्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *