सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन सिन्धुली प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
हत्यामा संलग्न रहेको आरोप लागेका व्यक्तिको घरमा स्थानीयले बिहीबार तोडफोड गरेपछि सुरक्षाकर्मी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिने प्रयास भएको थियो ।
तर, स्थिति नियन्त्रणमा आउन नसकेपछि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् । प्रशासनले आज बेलुकी साढे आठ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कमलामाई नगरपालिकाको ४ र ६ नम्बर वडामा पर्ने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

