काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरूलाई मिलेर जान सुझाव दिएका छन् ।
बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँगको भेटपछि भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरू मिलेर जान सुझाव दिएको जानकारी दिए ।
उनले भने, ‘बालेनजीले बोलाउनुभएकाले आएको हुँ । उहाँलाई मेरो सुझाव छ– तपाईँहरू नयाँ र वैकल्पिक भनिएकाहरू जतिपनि हुनुहुन्छ मिल्नुस् भन्ने रह्यो ।’
