कांग्रेसका महामन्त्री शर्माले चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नहुने बताएका छन् । केन्द्रीय कार्यसम्पाद समिति बैठकमा सम्बोधन गर्दै उनले नयाँ अनुहारहरुलाई मौका दिन आफू उम्मेदवार नहुने जानकारी गराएका हुन् ।

उनले लगातार तीन पटकसम्म उम्मेदवार बनिसकेकाले आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने पनि बताए ।

‘म लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु,’ पार्टी बैठकमा उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *