राजनीतिक दल र जेनजीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाएका छन्ः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार राजनीतिक दल र जेनजीको दोहोरो दबाबमा परेको बताएकी छन् ।

बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री कार्कीले राजनीतिक दल र जेनजीका समूहहरुले दिनदिनै सरकार छोड्न भन्दै गालीगलौज गर्ने गरेको बताएकी हुन् ।

उनले हरेक राजनीतिक दल र जेनजीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाएको बताइन् । उनले भनिन्, ‘हामी अचानोजस्तो पो भएछौँ । सबैले आजै छोड भन्छन् । जेनजीले पनि आजै छोड, भोलि नै छोड भन्छन् । हामी पेन्डुलमजस्तो भयौँ ।’

प्रधानमन्त्रीले अहिलेको अवस्थामा सरकार छोडेर हिँड्ने अवस्था नरहेको बताइन् । उनले आफूलाई देश बंगलादेश चाहिँ नहोस् भन्ने लागेको बताइन् ।

उनले भनिन्, ‘२५ वटा ३० वटा जेनजी समूह हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ । मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ । बंगलादेश चाहिँ नहोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *