वार्तास्थलमा रहेका सुदन गुरुङ भन्छन्-सम्झौता नहुँदासम्म हामी रवि र बालेनलाई बाहिर जान दिँदैनौँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साह यतिबेला छलफलमा जुटेका छन् । कुपण्डोलस्थ्ति मेयर साहका सहयोगी कुमार बेनको घरमा भित्र उनीहरुबीच वार्ता भइरहेको छ ।

उनीहरुबीच भित्र वार्ता भइरहँदा जेनजी अगुवा सुदन गुरुङ भने बाहिर खबरदारी गरेर गेटमा बसेका छन् ।

उनले सम्झौता नहुँदासम्म रवि लामिछाने र बालेन साहलाई बाहिर जान नदिने बताएका छन् । उनले भनेका छन्, ‘जबसम्म उहाँहरु मिल्नु हुँदैन, तबसम्म यो गेट खोलिँदैन।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *