माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ ठिङ्गरमा चिसोले बरफ बनेर जमेको ठिङ्गर खोला । हिउँदयामको अत्यधिक चिसोका कारण नदीनाला, सिँचाइ कुलो, धारालगायत चिसोले जम्न थालेपछि स्थानीयको जनजीवन समेत प्रभावित बनेको छ । उपल्लो मुस्ताङमा बिहान र बेलुकीको समय तापक्रम माईनस २० डिग्री सेल्सियसमा झर्ने गरेको छ ।
तस्बिर: सुन्दरकुमार थकाली/रासस


