समुद्रमुनि नौसैनिक क्षमतामा ठूलो फड्को मार्ने दक्षिण कोरियाको योजना

सियोल । प्रशान्त क्षेत्रमा अमेरिकी पनडुब्बीहरूको सङ्ख्या कम हुँदै गइरहेका बेला दक्षिण कोरियाले समुद्रमुनि नौसैनिक क्षमतामा ठूलो फड्को मार्ने योजना अघि सारेको छ। यस योजनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन प्राप्त भएको बताइएको छ।

योजनाअनुसार दक्षिण कोरिया परमाणु ऊर्जाबाट सञ्चालित पनडुब्बी सञ्चालन गर्ने विश्वको सातौँ मुलुक बन्नेछ । यसअघि अमेरिका, रूस, चीन, फ्रान्स, बेलायत र भारतले यस्ता पनडुब्बी सञ्चालन गर्दै आएका छन्।

सैन्य विश्लेषकहरूका अनुसार यसले कोरियाली प्रायद्वीप वरपर उत्तर कोरिया वा चीनका गतिविधिलाई निगरानी तथा प्रतिकार गर्न दक्षिण कोरियाको क्षमता बढाउनेछ। साथै, अमेरिकी नौसेनाका परमाणु आक्रमणकारी पनडुब्बीहरूलाई दक्षिण चीन सागर र ताइवान वरपरजस्ता संवेदनशील क्षेत्रमा केन्द्रित गर्न सहयोग पुग्नेछ।

दुवै देशमा पनडुब्बी निर्माण प्रक्रिया अघि बढेमा हजारौँ उच्च तलबका रोजगारी सिर्जना हुने र अमेरिका तथा दक्षिण कोरियाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

कोरिया इन्स्टिच्युट फर डिफेन्स एनालिसिसका अनुसन्धान सहकर्मी तथा पूर्व पनडुब्बी अधिकृत यू जिहुनले यस कदमलाई ‘उत्तर कोरियाको समुद्रमुनि खतरालाई सामना गर्ने खेल परिवर्तन गर्ने निर्णय’ का रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार यसले दक्षिण कोरिया–अमेरिका सुरक्षा गठबन्धनमा सियोलको भूमिकालाई अझ सशक्त बनाउनेछ।

तर नौसैनिक जहाज निर्माणमा चुनौतीहरू पनि छन्। परमाणु ऊर्जाबाट सञ्चालित पनडुब्बीहरू लामो समयसम्म सतहमा नआइ पानीमुनि रहन सक्ने, छिटो र तुलनात्मक रूपमा शान्त हुने विशेषता राख्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *