रविले भेटे जेन्जी आन्दोलनका घाइते र शहिद परिवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन-जी आन्दोलनका घाइते तथा शहीद परिवारलाई भेटेका छन् । शनिबार काठमाडौं ओर्लिएलगत्तै बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर उनले घाइते र शहीद परिवारलाई भेटेका हुन् ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूलाई हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताएका हुन् ।

लामिछानेले घटनाको छानबिन र कारबाहीमा ढिलाइ भएको भन्दै सरकारप्रति पनि असन्तुष्टि जनाए । ‘सारा संसारले देखेको त्यो क्रूर हत्यालाई पनि सरकारले तदारुकताका साथ कारबाही प्रक्रिया किन अगाडि बढाएन ? किन यति धेरै समय लियो ?’ उनले प्रश्न गर्दै भने, ‘आदेश दिने र घटनामा संलग्न हुनेहरूलाई अहिलेसम्म कारबाहीको दायरामा नल्याउँदा शहीद परिवारलाई र हामीलाई पोलेको छ।’

सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *