काठमाडौं । गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् । रास्वपाले सार्वजनिक गरेको कोशी प्रदेशको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा गोल्छा समावेश छिन् ।
रास्वपाले प्रारम्भिक सूचीमा समेटिएका उम्मेदवारसँग छलफल गर्नका लागि शनिबार समय छुट्याएको छ। गोल्छा दोस्रो संविधानसभा चुनावमा नेकपा एमालेको समानुपातिक कोटामा सांसद् बनेकी थिइन् । ठूलो रकम चन्दा दिएकै आधारमा सांसद बनाएको भन्दै एमालेको चर्को आलोचना भएको थियो ।
प्रधानमन्त्री निर्वाचनमा अनुपस्थित भएको भन्दै एमालेले उनलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ । तर उनले राजीनामा दिइनन् । उनले पार्टीलाई १ करोड ६५ लाख रुपैयाँ स्वेच्छाले सहयोग गरेकी र जम्मा गरी सात करोड रुपैयाँ बुझाएको बताएकी थिइन् ।

