ललितपुर । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’द्वारा सम्मान गरिएको छ ।
बुधबार प्रधानमन्त्री सुशीला कार्कीले महानगरपालिकाको प्राङ्गणमा भएको महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा गणलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।
विपद् व्यवस्थापन तथा उद्धार कार्यहरुमा गणले पुर्याएको योगदानको कदर स्वरुप महानगरपालिकाले १ लाख नगदसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई सम्मानपत्र प्रदान गरेको हो ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, सोही महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत स्थानीय भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।
