काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले मंगलबार मुनकर्मीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
उनीमाथि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप छ । आयोगले मुनकर्मीले दुई करोड पचास लाख चौतीस हजार पाँच सय सत्र रुपैयाँको श्रोत पुष्टि गर्न नसकेको दाबी गरेको छ ।
आयोगले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमतीको नाममा सम्पत्तिहरु खरिद गरेको देखिएको भन्दै उनीसहित श्रीमती पूर्ण केशरी गोसाईविरुद्ध समेत मुद्दा दर्ता गरेको छ ।


