एमाले अध्यक्षका लागि ओली र पोखरेलको उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्रस्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थकसहित पुगेर सोमबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष ओलीले दिउँसो ३ः३० बजे र वरिष्ठ उपाध्यक्ष पोखरेलले करिब ३ बजे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

महाधिवेशनमा विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ताको कार्य जारी छ । उम्मेदवारी मनोनयनको समय यसअघि ३ः३० बजेसम्म कायम गरिएकामा उम्मेदवारको लाइन कायम रहेकाले केही समय लम्बिने देखिएको छ । एमाले महाधिवशेनले ३०१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *