काठमाडौँ । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
पदाधिकारीको कुनै पनि पदमा नसमेटिएपछि गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिने बताएका हुन् । आन्दोलनमा लागेको ५० वर्ष भएको भन्दै उनले निर्वाचन हुने भए आफूले उपमहासचिव पदमा उम्मेदवारी दिने बताए । उनले सहमतिको प्रयास भइरहेको पनि बताए ।
