रिवाज फाउन्डेसनद्वारा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

नुवाकोट । रिवाज फाउन्डेसनले नुवाकोटको विद्यालयमा न्यानो कपडा वितरण गरेको छ । नुवाकोटको शिवपुरी गाउपालिका वडा नम्बर ६ समुन्द्रादेवीमा रहेको श्री जनसहयोग आधारभूत विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरेको हो ।

प्रत्येक वर्ष संस्थाले यसरी नै न्यानो कपडा वितरण गर्दै आएको र यो वर्ष पनि नियमित कार्यक्रम अन्तरगत कपडा वितरण गरेको संस्थाका सचिव जनकराज पाठकले जानकारी दिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेश विसुराल, सदस्य दुर्गा विसुराल, अनिता पाठक लगायतका संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

विद्यालयका प्रधानाध्यापक वसन्त थापाले रिवाज फाउन्डेसनले परोपकार काम अन्तरगत विद्यालयका बालबालिकाहरुलाई वितरण गरेको न्यानो कपडाको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको आशा गरेको बताए ।

संस्थाका अध्यक्ष रिवाज विसुरालले संस्था कुनै नाफामूलक नभई सेवामूलक भएको र पुःन सहयोग गर्न तयार रहेको बताए । रिवाज फाउन्डेसनले विभिन्न स्थानमा रहेका देशभरिका विद्यालयहरुमा पाठ्यसामग्री र जाडोमा न्यानो कपडा वितरण गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *