सिड्नीस्थित बोन्डी बीचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुग्यो

बीबीसी । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । आइतबार स्थानीय समयअनुसार साँझ ६ः४७ बजे बोन्डी बीच नजिकैको पार्कमा गोली चलेको थियो । प्रहरीका अनुसार मृतकमध्ये एक जना बन्दुकधारी पनि छन् ।

अर्को संदिग्ध आक्रमणकारी गम्भीर अवस्थामा रहेको बताइएको छ । गोलीकाण्डमा दुई जना प्रहरी अधिकारीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

हाल करिब ४० जना अस्पतालमा उपचाररत छन् । गोली चलेको सूचना पाएपछि न्यु साउथ वेल्स प्रहरीले तत्काल अपरेसन सुरु थालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *