एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा डिपोर्टिभो आल्भेसलाई २-१ गोलले हराउँदै म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक दुरी छोट्याएको हो ।
इस्टाडियो डी मन्डिजोरोजामा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन किलियन एम्बाप्पे र रोद्रिगोले समान एक/एक गोल गर्दा आल्भेसको लागि कार्लोस भिसेन्टेले एक गोल फर्काए । खेलको २४ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई शुरूवाति अग्रता दिलाएका थिए ।
६८ औँ मिनेटमा भिसेन्टेले गोल गर्दै अल्भेसलाई १-१ गोलको बराबरीमा ल्याए । यस्तै ७६ औँ मिनेटमा रोद्रिगोले गोल गर्दै म्याड्रिडलाई जित दिलाएका हुन् ।
जितसँगै म्याड्रिड १७ खेलबाट ३९ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट १८ अंक जोडेको आल्भेस १२ औँ स्थानमा रहेको छ ।
